तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिका-१ ऑधीमूलमा यस वर्ष एकादशी मेला नलाग्ने भएको छ । कोभिड-१९ को जोखिमका कारण हरिबोधनी एकादशीका अवसरमा मेला भर्न रोक लगाइएको हो ।
हरेक वर्षको एकादशी पर्वमा ऑधीमूलमा हजारौ भक्तजनको भीड लाग्ने गरेको छ । बढी भीडभाड हुँदा कोरोनाको जोखिम रहने भएकाले यस पटकको एकादशीमा मेला निषेध गरिएको वडाध्यक्ष किसन थापाले जानकारी दिनुभयो ।