काेराेना सङ्क्रमणबाट व्यासकी महिलाकाे मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काेराेना सङ्क्रमणबाट व्यासकी महिलाकाे मृत्यु

    खबरपुञ्ज संवाददाता

    ६ मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँकी कोरोना सङ्कक्रमित एक महिलाको उपचारको क्रममा भरतपुरस्थित चितवन मेडिकल कलेजमा मृत्यु भएको छ । मेडिकल कलेजका निर्देशक प्रा. डा. दयाराम लम्सालका अनुसार तनहुँको व्यास नगरपालिका–८ की ५४ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

    श्वासप्रश्वासमा समस्या आएपछि उहाँ कात्तिक २९ गते मेडिकल कलेजमा भर्ना हुनुभएकाे थियाे । सोही दिन कोरोना सङ्क्रमण पुष्टि भएपछि कोभिड आईसीयू कक्षको भेन्टिलेटरमा राखेर उपचार थालिए पनि आइतबार बिहान ११ः१६ बजे उनको मृत्यु भएको डा. लम्सालले बताउनुभयाे ।

    डा. लम्सालका अनुसार उहाँ उच्च रक्तचाप, मधुमेह र मिर्गौला सम्बन्धी रोगले समेत पीडित हुनुहुन्थ्याे ।