लागुऔषध कारोवारी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लागुऔषध कारोवारी पक्राउ

    खबरपुञ्ज संवाददाता

    ७ मंसिर २०७७, सोमबार

    तनहुँ : पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवाबाट लागुऔषध कारोवारी पक्राउ परेका छन् । राजमार्ग छेउ झोला बोकी शङ्कास्पद तरिकाले उभिएका भानु नगरपालिका–६ ढुङ्गाडे गाउँ घर बताउने ३१ वर्षीय पूर्णबहादुर दमै लागुऔषध सहित आज पक्राउ परेका हुन् ।

    निजले बोकेको झोलाभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई राखेको अवस्थामा दुई एमएलको तरल पदार्थ सहितको डाइजेपाम ३९ थान, नुफिन ३९ थान, फेनरागन ३९ थान गरी १ सय १७ थान लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    पक्राउ परेका विरुद्ध जिल्ला अदालत तनहुँबाट लागुऔषध मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।