तनहुँसुरमा अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम शुरु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    तनहुँसुरमा अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम शुरु

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको व्यास नगरपालिकाको आयोजनामा तनहुँसुरमा सोमबारदेखि अतिथि सत्कार तथा होमस्टे व्यवस्थापन तालिम शुरु भएको छ । तनहुँसुरमा पर्यटन प्रबद्र्धन गर्ने उद्देश्य सहित होमस्टे सञ्चालनका लागि नगरपालिकाले तालिमको आयोजना गरेको हो ।

    तालिमको उद्घाटन गर्दै नगरप्रमुख बैकुण्ठ न्यौपानेले होमस्टे सञ्चालनले पर्यटन प्रबद्र्धन हुनुका साथै स्थानीयवासीलाई आर्थिक उपार्जन पनि हुने बताउनुभयाे । ऐतिहासिक स्थान तनहँुसुरको विशिष्ट पहिचान रहेकाले यस ठाउँको प्रचारप्रसार गरी पर्यटक भित्र्याउन सबै पक्ष लाग्नुपर्नेमा न्यौपानेले जोड दिनुभयाे । तनहुँसुरको विकासका लागि नगरपालिका सदैव प्रतिबद्ध रहेको बताउँदै न्यौपानेले पर्यटकलाई अर्गानिक खाना, अतिथि सत्कारमा विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयाे ।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले होमस्टेले स्थानीय उत्पादनलाई प्राथमिकता दिएर पर्यटक आकर्षित गर्नुपर्ने बताउनुभयाे । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले होमस्टे प्रबद्र्धनका लागि अर्गानिक खानेकुराको प्रयोगमा जाेड दिनुभयाे ।

    उर्जा तथा वातावरण नेपाल र सम्पदा नेपालको सहयोगमा शुरु तालिम मङ्सिर १३ गतेसम्म सञ्चालन हुनेछ । तालिममा पर्यटनविद् हरिसिं गुरुङ र धु्रवराज पण्डितले प्रशिक्षण दिनुहुनेछ । तनहुँसुर होमस्टे व्यवस्थापन समितिका उपाध्यक्ष बालकुमार श्रेष्ठले स्थानीयवासी होमस्टे सञ्चालनका लागि अग्रसर भएको जानकारी दिनुभयाे ।