बार्सिलोनाको च्याम्पियन्स लिग टिमबाट बाहिरिए मेसी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनाको च्याम्पियन्स लिग टिमबाट बाहिरिए मेसी

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, मंगलवार

    एजेन्सी : स्पेनिस क्लब बार्सिलोनाले आफ्ना कप्तान लियोनल मेसीले च्याम्पियन्स लिग टिमबाट बाहिर राखेको छ । मंगलबार राति हुने डाइनामो किभविरुद्धको खेलका लागि बार्सिलोनाले मेसीलाई बाहिर राख्दै १९ सदस्यीय टिमको घोषणा गरेको छ ।

    मेसीसँगै बार्सिलोनाले भिडफिल्डर फ्यांकी डी योङ र डिफेन्डर जेरार्ड पिकेलाई पनि टिमबाट बाहिर राखेको छ । प्रशिक्षक रोनाल्ड कोम्यानले मेसी र डी योङलाई आराम दिइएको बताएका छन्। 

    यता पिके भने घाइते भएकाले टिममा नपरेका हुन् । उनी गत साता भएको ला लिगाको एट्लेटिको मड्रिडसँगको खेलमा पहिलो हाफमै घाइते भएका थिए ।

    बार्सिलोनाले मंगलबार राति डाइनामो किभसँग उसैको मैदानमा खेल्नेछ । समूह जीमा ३ जित निकालेको बार्सिलोना ९ अंक जोड्दै शीर्ष स्थानमा छ । ६ अंक जोडेको युभेन्ट्स दोस्रो स्थानमा छ ।