तोलामा १८०० रुपैयाँले घट्यो सुनको मूल्य
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    तोलामा १८०० रुपैयाँले घट्यो सुनको मूल्य

    खबरपुञ्ज संवाददाता

    ८ मंसिर २०७७, मंगलवार

    काठमाडौं : नेपाली बजारमा मंगलबार सुनको मूल्य तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । तोलामा १ हजार ८ सय रुपैयाँले घटेपछि मंगलबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि सोमबार नेपाली बजारमा छापाबाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय रुपैयाँ थियो भने तेजाबी सुनको मूल्य ९३ हजार ८ सय थियो ।

    सोमबार प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार तोलामा ३० रुपैयाँ घटेर १ हजार १ सय ८० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।