तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाका प्रमुख किसान गुरुङलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । ५० वर्षीय मेयर गुरुङलाई मङ्गलबार कोरोना पुष्टि भएको हो ।
कन्ट्याक ट्रेसिङमा पर्नुभएका उहाँको आइतबार स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशाला पठाईएकोमा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य शाखा प्रमुख अजय श्रीवास्तवले जानकारी दिनुभयाे । “कोरोना सङ्क्रमण पुष्टी भएपनि उहाँमा कुनै लक्षण देखिएको छैन, अवस्था सामान्य छ,’ उहाँले भन्नुभयाे, “सुरक्षित तरिकाले होम आईसोलेसनमा बस्नुभएको छ ।’
मेयर गुरुङसहित मङ्गलबार शुक्लागण्डकी नगरपालिकामा पाँच जना कोरोना संक्रमित थपिएका छन् । योसँगै शुक्लागण्डकीमा कोरोना सङ्क्मरतिकाे सङ्ख्या १ सय ९७ पुगेको छ ।