तनहुँ : घरेलु तथा साना उद्योग कार्यालय तनहुँले जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरेको छ । छैटौ उद्योग दिवसको अवसरमा मङ्गलबार कार्यालयले चार उद्यमीलाई सम्मान गरेको हो ।
औद्योगिक विकासको क्षेत्रमा योगदान पु¥याए बापत सफल उद्यमीको रुपमा व्यास नगरपालिका–२ स्थित दिपेन्द्र सुज सेन्टर, बन्दीपुर गाउँपालिका–५ स्थित तिवारी फर्निचर उद्योग, व्यास नगरपालिका–१ स्थित पुष्प होजियारी स्वीटर उद्योग र व्यास नगरपालिका–५ स्थित सुबोध फुड्स सम्मानित भएका छन् ।
जिल्ला समन्वय समिति तनहँुका उपप्रमुख पवित्रा पौडेलले सफल उद्यमीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो । सो अवसरमा पौडेलले सरकारले औद्योगिक विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी सागर आचार्यले औद्योगिक विकासको लागि राम्रो वातावरण सिर्जना गर्न हरेक क्षेत्रबाट सहयोग पु¥याउनुपर्ने बताउनुभयो । घरेलु कार्यालयका प्रमुख नारायणप्रसाद ढकालले स्थानीय स्तरमा रोजगारी प्राप्त गराउनका लागि कार्यालयले सीपमूलक तालिम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
सरकारले औद्योगिक प्रबद्र्धनका लागि लगानीको सकारात्मक वातावरण निर्माण तथा जनचेतना अभिवृद्धि गर्न हरेक वर्ष मंसिर ९ गते उद्योग दिवस मनाउने निर्णय गरेको थियो । विसं मंसिर ९ गते उद्योग परिषद् स्थापना भएको उक्त दिनलाई उद्योग दिवसका रुपमा मनाउन लागिएको हो ।