तनहुँमा थपिए ९ कोरोना सङक्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँमा थपिए ९ कोरोना सङक्रमित

    खबरपुञ्ज संवाददाता

    ९ मंसिर २०७७, बुधबार

    तनहुँ : तनहुँमा बुधबार ९ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यास, म्याग्दे, भानु, भीमाद र शुक्लागण्डकीमा कोरोना सङ्क्रमित थपिएका हुन् ।

    व्यास नगरपालिका-२ का ४४ वर्षीय पुरुष, व्यास-६ का ३१ वर्षीय पुरुष, म्याग्दे-७ की ४७ वर्षीया महिला, भानु-१० का ३२ वर्षीय पुरुष, भानु-८ का ५४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

    भीमाद-६ का ३६,५४ वर्षीया महिला, शुक्लागण्डकी-७ का ५०,२६ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।