पाेखरा : पोखरामा थप दुई कोरोना संक्रमितको निधन भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिका १९ र ११ का दुई संक्रमित पुरुषको निधन भएको हो।
मंसिर ११ गते कोरोना संक्रमण पुष्ठि भए गण्डकी मेडिकल कलेजमा उपचाररत पोखरा १९ का ५७ वर्षीय पुरुषको शनिबार बेलुका निधन भएको हो। त्यस्तै मंसिर ७ गते कोरोना पुष्टि भएका पोखरा ११ का आइतबार बिहान ५.४५ बजे निधन भएको निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।