राष्ट्रिय सहकारी बैङ्कद्वारा तनहुँका दुई सहकारी पुरस्कृत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    राष्ट्रिय सहकारी बैङ्कद्वारा तनहुँका दुई सहकारी पुरस्कृत

    खबरपुञ्ज संवाददाता

    १४ मंसिर २०७७, सोमबार

    तनहुँ : राष्ट्रिय सहकारी बैङ्कले तनहुँका दुई सहकारी संस्थाहरुलाई पुरस्कृत गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा उत्कृष्ट कारोबार गर्ने र नियमित कारोबार गर्ने सहकारी संस्थाहरुलाई आइतबार एक कार्यक्रमका बीच पुरस्कृत गरिएको हो ।  

    बैङ्कको दमौली शाखामा उत्कृष्ट कारोबार गर्ने रोयल सहकारी संस्था लिमिटेड दुलेगौडा र नियमित कारोबार गर्ने साहारा कृषि सहकारी संस्था लिमिटेड दमौलीलाई पुरस्कृत गरिएको हो । रोयल सहकारीका कोषाध्यक्ष राजकुमार वाग्ले र साहारा कृषि सहकारीका अध्यक्ष कृष्ण आचार्यलाई व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीले सम्मानपत्र सहित पुरस्कृत गर्नुभयो ।

    सहकारी बैङ्कले केन्द्रीय स्तर, प्रदेश स्तर र शाखा स्तरमा उत्कृष्ट कारोबार गर्ने संस्थाहरुलाई पुरस्कृत गर्दै आएको छ । १६ औ वार्षिक साधारणसभामा शाखास्तरीय पुरस्कारका लागि छनोट भएका संस्थालाई कोरोना सङ्क्रमणका कारण ढिला पुरस्कृत गरिएको बैङ्कले जनाएको छ । 

    पुरस्कार वितरण कार्यक्रममा बोल्दै ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले सहकारी क्षेत्रको प्रबद्र्धनका लागि सहकारी बैङ्कको भूमिका दिन प्रतिदिन प्रभावकारी बन्दै गएको बताउनुभयो । उहाँले सहकारीहरुको संस्थागत विकास र सदस्यको आर्थिक समृद्धिका लागि सहकारी बैङ्क र सहकारी संस्थाहरुबीच सहकार्यमा जोड दिनुभयो ।     

    कार्यक्रममा बैङ्कका सञ्चालक जिसीले सदस्य सहकारीहरुमार्फतसमाज रुपान्तरणका लागि सहकारी बैङ्क सदैव सक्रिय र समन्वयकारी रहेको बताउनुभयो ।