तनहुँ : गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले तनहुँको देवघाट गाउँपालिकालाई कोभिड व्यवस्थापनमा उत्कृष्ट घोषणा गरेपछि व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुखले उत्कृष्ट छनौटको आधारबारे प्रश्न गर्नुभएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले सामाजिक सञ्जालमार्फत् छनौटको आधारबारे प्रश्न गर्नुभएको हो ।
उहाँले फेसबुकमा लेख्नुभएको छ, “गण्डकी प्रदेश सरकारले कोभिड रोकथाम र नियन्त्रणका लागि गरेको उत्कृष्ट काम भनेर एक जिल्लाको एक स्थानीय तह छनौट गरेछ, छनौट भएका पालिकालाई बधाइ छ । प्रदेश सरकारलाई तथा सिफारिस गर्ने निकाय लाई मेरो अनुरोध छ !
१) छनौट को आधार के के थिए ?
२) छनौट को चेकलिस्ट कस्तो थियो ?
३) छनौट मा नपर्ने पालिका ले कति नम्बर पाए ?
४ ) छनौट समितिमा को को हुनु हुन्थो अनि सिफारिस र निर्णय का आधार के के थिए ?
४) छनौट को लागि स्थलगत अनुगमन कहिले गरिएको थियो ?
५) जिल्ला भित्रका पालिका मध्ये उत्कृष्ट पालिका छनौटको सिफारिस म्ऋऋःऋ ले गरेको हो कि ? स्वास्थ्य कार्यालयले गरेको हो कि सिधै प्रदेश सरकारले गरेको हो ?
स्थलगत अनुगमन गरेर मूल्याङ्कन नगरेको, पालिकाहरु कोभिड १९ सँग लडाइँ लडिरहेका बेला प्रदेश सरकारबाट समयमा आवश्यक सामग्रीको सहज परिपूर्ति नगरेकामा सोतीले प्रश्न उठाउनुभएको छ ।
सोतीको पोष्टमा आँबुखैरेनी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अगम उपाध्यायले लेख्नुभएको छ, “गीताको सार कर्म गर फलको आश नगर भनेर भगवान् श्रीकृष्णले भन्नुभएको रहेछ भगवान भरोसा होला सायद ।”
म्याग्दे गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलक घिमिरेले भन्नुभएको छ, “मूल्याङ्नको चुरो के हो ?”