मानुङकोटमा रामचन्द्र पाैडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    मानुङकोटमा रामचन्द्र पाैडेल

    खबरपुञ्ज संवाददाता

    १५ मंसिर २०७७, मंगलवार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोटको आज बिहान अवलोकन गर्नुभएको छ । पछिल्लो समय निकै प्रख्यात मानुङकोटको अवलोकन गर्दै वरिष्ठ नेता पौडेलले यहाँ पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    गाउँबाट भागेको मनलाई गाउँमै बसुँ बसुँ बनाउने अभियानमा आफू लागिपरेको बताउँदै वरिष्ठ नेता पौडेलले मानुङ सोही दिशातर्फ अगाडी बढेको बताउनुभयाे । चर्चित गन्तव्यको रुपमा विकास भएको मानुङको सुन्दरतालाई कायम राख्नेतर्फ ध्यान दिनुपर्नेमा पौडेलको जोड थियो ।

    उक्त कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, वडाध्यक्ष मोहनकुमार श्रेष्ठ लगायतको सहभागिता थियो । मानुङकोटबाट बिहानै सूर्योदय र कुहिरोको दृश्य हेर्न पर्यटकको घुइँचो लाग्ने गरेको वडाध्यक्ष श्रेष्ठले बताउनुभयो ।