म्याग्देमा लैङ्गिक हिंसा सम्बन्धी कानुनी साक्षरता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा लैङ्गिक हिंसा सम्बन्धी कानुनी साक्षरता

    खबरपुञ्ज संवाददाता

    १८ मंसिर २०७७, शुक्रबार

    तनहुँ : म्याग्दे गाउँपालिकामा लैङ्गिक हिसा विरुद्धको १६ दिने अभियान अन्तर्गत शुक्रबार कानुनी साक्षरता तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले महिलाहरु हिंसामा नपरुन्, हिंसामा परेका महिलाहरुले विषयवस्तु जानकारी पाउन् भन्ने उद्देश्यका साथ अधिवक्ता एवं विषय विज्ञबाट विषयवस्तु जानकारी गराइएको बताउनुभयो ।

    महिलाहरू हिंसामा पर्दा कानुनी तथा सरकारी सहायता कसरी लिने भन्ने विषयवस्तुको जानकारी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले गराउनुभएको थियो । अधिवक्ता रच्चु आलेले सरकारले सञ्चालन गरेको लैङ्गिक हिंसा अभियान प्रभावकारी रहेकाले यस्ता प्रशिक्षण कार्यक्रममार्फत् महिलाहरूले धेरै कानुनी विषयवस्तु जानकारी पाउने बताउनुभयो ।

    कार्यक्रमा म्याग्दे गाउँपालिकाका प्रवक्ता एवं वडा नं १ का अध्यक्ष शिवशरण वाग्ले, ३ का अध्यक्ष श्रीबहादुर राना, ४ का अध्यक्ष प्रेमबहादुर थापा, कार्यपालिका सदस्य बद्रीका घिमिरे, वडा सदस्य निर्मला वाग्ले लगायतले धारणा व्यक्त गर्नुभएको थियो ।