पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले अधिनायकवादी चरित्र प्रस्तुत गरे : काङ्ग्रेस
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले अधिनायकवादी चरित्र प्रस्तुत गरे : काङ्ग्रेस

    खबरपुञ्ज संवाददाता

    १९ मंसिर २०७७, शनिबार

    तनहुँ : नेपाली कांग्रेस तनहुँले पाँच वर्षका लागि निर्वाचित जनप्रतिनिधिले आफू सधैँका लागि विजयी भएको जस्तो गरी अधिनायकवादी चरित्र प्रस्तुत गरेको आरोप लगाएको छ । पार्टीका सचिव विश्व बास्तोलाले शनिबार प्रेस विज्ञप्ती प्रकाशित गरी उक्त चरित्र लोकतन्त्रको मर्म विपरित भएको बताउनुभएको छ ।

    लोकतन्त्रको आधारभूत शर्तको रुपमा रहेको आवधिक निर्वाचनबाट प्राप्त जनअभिमतलाई स्वीकार गरेर नेपाली कांग्रेसले जिम्मेवार प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । व्यास नगरपालिकास्थित बुल्दीखोला पुल उद्घाटन रोक्ने शैलीले वर्तमान सरकार र त्यसका वरिपरि रहेका व्यक्तिहरुको सर्वसत्तावादी चरित्र प्रदर्शित भएको कांग्रेसको भनाई छ ।

    नेपाल कम्युनिष्ट पार्टीका सांसदहरुले शुक्रबार पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको धारणा भ्रमपूर्ण र अतिरञ्जित रहेको विज्ञप्तीमा उल्लेख छ । पुल उद्घाटनको दिन १७ गते नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरुमाथि प्रहरी दमन भएको भन्दै कांग्रेसले मंसिर २९ गते देशव्यापी आन्दोलन अन्तर्गत दमौलीमा पनि प्रदर्शन गरिने भएकाले सहभागिताका लागि अनुरोध गरेको छ ।