आकाशका दुई पुस्तक विमाेचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    आकाशका दुई पुस्तक विमाेचन

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, शनिबार

    तनहुँ : युवा साहित्यकार आकाश अधिकारीद्वारा लिखित दुई पुस्तकको एकैसाथ आज विमोचन गरिएको छ । अधिकारीले लेख्नुभएको कविता सङ्ग्रह ‘आकाश खुल्दैछ’ र नाटक सङ्ग्रह ‘बिस्कुन बालुवाको’ को दमौलीमा विमोचन गरिएको हो ।

    गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँले आयोजना गरेको कार्यक्रममा बोल्दै वक्ताहरुले मानिसलाई मृत्युपछि पनि चिनाउने माध्यम साहित्य रहेकोमा जोड दिनुभयो । साहित्यकार डिल्लीराम मिश्रले हरेक कुरा अभिव्यक्त गर्ने प्रमुख माध्यम साहित्य बनेको बताउनुभयो ।

    शुक्ला साहित्य सङ्गमका संरक्षक शेषमणि आचार्यले गुणात्मक सिर्जना गर्न सके उक्त सिर्जना युग युगसम्म बाँच्न सक्ने बताउँदै समाजलाई अग्रगतिमा लैजान साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।

    गण्डकी वाङ्मय प्रतिष्ठानका संस्थापक अध्यक्ष काशीनाथ न्यौपानेले साहित्यकारले कृतिभित्र अलङ्कार भाषित गर्नुपर्नेमा जोड दिनुभयो । व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले साहित्यिक क्षेत्रको विकासका लागि नगरपालिका सदैव तयार रहेको बताउनुभयो । व्यास क्षेत्र विकास कोषका महासचिव विष्णुभक्त सिग्देलले सुखी नेपाली, समृद्ध नेपाल बनाउने अभियानमा साहित्यकारले कलम चलाउनुपर्नेमा जोड दिनुभयो ।