जेसीआई व्यास नगरको अध्यक्षमा खनाल निर्वाचित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जेसीआई व्यास नगरको अध्यक्षमा खनाल निर्वाचित

    खबरपुञ्ज संवाददाता

    २१ मंसिर २०७७, आईतवार

    तनहुँ: जेसीआइ व्यास नगरको अध्यक्षमा लक्ष्मीभक्त खनाल निर्वाचित हुनुभएको छ । शनिबार राति सम्पन्न जेसीआइको २६ औ अधिवेशनबाट खनाल अध्यक्षमा निर्वाचित हुनुभएको हो।

    अधिवेशनबाट कार्यकारी उपाध्यक्षमा कर्ण बहादुर गुरुङ र राजेश मल्ल, उपाध्यक्षमा सनम अधिकारी, पवन पौडेल, टिका मक्राती र संजीव घिमिरे सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

    यस्तै राजु राना कानुनी सल्लाहकारमा मनोनित हुनुभएको छ । अध्यक्ष पदमा खनाल, नवीन पुरी र इन्द्रलाल श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । खनालले ७०, पुरीले २० र श्रेष्ठले २ मत प्राप्त गर्नुभएको थियो ।