ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    २० मंसिर २०७७, आईतवार

    तनहुँ : तनहुँकाे व्यास नगरपालिका–५ स्थित राष्ट्रिय परोपकार महासङ्घमार्फत् सञ्चालित ज्येष्ठ नागरिक आश्रमका वृद्धवृद्धालाई आइतबार न्यानो कपडा वितरण गरिएको हो । व्यास नगरपालिका–४ स्थित विरता टोल विकास संस्थाका अध्यक्ष सरोज बस्नेतले आश्रमका आठ जना वृद्धवृद्धालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

    काठमाडौ घर भई हाल जापान बस्दै आउनुभएका सन्तोष थापा र विष्णु सापकोटाले वैवाहिक जीवनमा बाँधिएको एक वर्ष पूरा भएको उपलक्ष्यमा उपलब्ध गराएको ज्याकेट, स्वीटर, मोजा, टोपी लगायतका सामग्री वृद्धवृद्धालाई वितरण गरिएको संस्थाका अध्यक्ष बस्नेतले जानकारी दिनुभयो ।