तनहुँ : दमौली घर भई हाल कुवेत बस्दै आउनुभएका राजकुमार राउत लगायत साथीहरुले मिर्गौला पीडित अब्दुल गफ्फार मियाँलाई आर्थिक सहयोग गर्नुभएको छ । दुवै मिर्गौला फेल भएर उपचाररत मियाँलाई राउत लगायतका साथीहरुबाट सङ्कलित रु ११ हजार एक सय सोमबार हस्तान्तरण गरिएको छ ।
रोट¥याक्ट क्लव अफ दमौलीका निवर्तमान अध्यक्ष, व्यास युथ क्लवका सचिव मनोज राउत लगायतले उक्त रकम मियाँलाई हस्तान्तरण गर्नुभएको छ । उक्त सहयोगप्रति मियाँले आभार व्यक्त गर्नुभएको छ ।