नदीजन्य पदार्थ उत्खनन् गर्ने आठ सवारी नियन्त्रणमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नदीजन्य पदार्थ उत्खनन् गर्ने आठ सवारी नियन्त्रणमा

    खबरपुञ्ज संवाददाता

    २४ मंसिर २०७७, बिहीबार

    तनहुँ : तनहुँको विभिन्न स्थानबाट अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका र बन्दीपुर गाउँपालिकाबाट प्रहरीले बिहीबार आठ सवारी साधनलाई नियन्त्रणमा लिएको हो ।

    व्यास नगरपालिका–११ शेरास्थित बुल्दीखोला किनारबाट नदीजन्य पदार्थ उत्खनन् एवं लोड गर्दै गरेको अवस्थामा ग १ त ३४४८, ग १ त ४६१७ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

    म्याग्दे गाउँपालिका–५ छाङपाटन स्थित निषेधित जग्गामा गिटी बालुवा उत्खनन् एवं लोड गरिरहेको अवस्थामा ग १ त १५५५ नम्बरको ट्याक्टर नियन्त्रणमा लिइएको छ ।

    त्यस्तै बन्दिपुर गाउँपालिका–६ स्थित नमूना ग्रिट एण्ड क्रसर प्रालिबाट उत्पादित नदीजन्य पदार्थ लोड गरी ओसारपसार गर्दै गरेको अवस्थामा ना ७ ख ६१५, ग १ क ४२३८, ग १ ख ९२५३ र बा २ क ५२७६ नम्बरको टिप्पर नियन्त्रणमा लिइएको छ ।

    नियन्त्रणमा लिइएका सवारी साधनलाई कारवाहीका लागि सम्बन्धित पालिकामा पठाइएको प्रहरीले जनाएको छ ।