तनहुँ : सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यवहार विरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँले अभियान शुभारम्भ गरेको छ । विश्व मानवअधिकार दिवस एवं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको समापनको अवसरमा तनहुँ प्रहरीले बिहीबार एक कार्यक्रमको आयोजना गरी यौनजन्य हिंसा र दुव्र्यवहार विरुद्ध ‘सेफ्टी पिन’ अभियान शुभारम्भ गरेको हो ।
सार्वजनिक स्थानहरुमा हुने भेला, सभा तथा अन्य कार्यक्रम एवं होटल र सार्वजनिक सवारी साधनमा हुने यौनजन्य दुव्र्यवहार गर्नेलाई कारवाही गर्न त्यस्ता स्थानमा सादा प्रहरी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय तनहँुका प्रमुख प्रहरी उपरिक्षक अरुण पौडेलले जानकारी दिनुभयो । “अभियुक्तलाई तत्कालै पक्राउ गरी कारवाही थाल्न तथा पीडितलाई न्यायका लागि एवं सार्वजनिक स्थानमा हुने दुव्र्यवहारका घटनालाई न्यूनीकरण गर्न अभियान प्रभावकारी हुनेछ,” उहाँले भन्नुभयो ।
अभियानको शुभारम्भ गर्दै जिल्ला समन्वय समितिका उपप्रमुख पवित्रा पौडेलले सार्वजनिक स्थानमा महिलामाथि यौनजन्य र अन्यखाले हिंसा हुने भएकाले त्यस्ता हिंसा र दुव्र्यहारको अन्त्य गर्न प्रहरीको अभियान सफल हुने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई, व्यासभूमि यातायात व्यवसायी सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठ, क्षेत्रीय होटल सङ्घ तनहँुका वरिष्ठ उपाध्यक्ष विकास खनाल, महिला सशक्तीकरण सञ्चार समाज तनहँुँकी अध्यक्ष प्रकृति खनाल लगायतले सार्वजनिक स्थानमा हुने यौनजन्य हिंसा र दुव्र्यवहार अन्त्य गर्न सबैले प्रहरीलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले सार्वजनिक स्थानमा हुने यौनजन्य दुव्र्यहारको घटनाको सूचना सङ्कलन, सेचतना र कारवाहीका लागि अभियान सञ्चालन हुने जानकारी दिनुभयो ।