तनहुँ : हेल्भटास नेपाल र विश्व बैंकको संयुक्त आयोजनामा व्यास नगरपालिका–६ शिशाघाट बजारमा स्थानीयवासीलाई सामुदायिक पशुपालन तालिम प्रदान गरिएको छ । स्थानीयलाई पशुपालनमा लाग्न प्रेरित गर्ने अभिप्राय स्वरुप हेल्भटास नेपालले तीन महिने तालिम सञ्चालन गरेको हो ।
नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको व्यावसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजना अन्र्तगत तालिम सञ्चालन गरिएको प्रशिक्षक कुमोद पण्डितले जानकारी दिनुभयो । व्यावसायिक कृषिसँगै पशुपालन गरेमा आर्थिक रुपमा समेत सवल बन्न सकिने हुँदा यस सम्वन्धि तालिम दिईएको उहाँले बताउनुभयो ।
१६ जना महिला र चार पुरुष गरी २० जनालाई सामुदायिक पशुपालन तालिम दिइएको छ । प्रयोगात्मक र सैद्धान्तिक गरि दुई विधामा तालिम दिइएको हो । तालिममा गाई, भैसी, भेडा, बाख्रा, कुखुरापालन सँगसँगै सामुदायिक विकासको बारेमा प्रशिक्षण दिईएको तालिममा सहभागी मैना थापाले बताउनुभयो ।