देशभरका होमस्टे खोल्ने होसानको निर्णय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    देशभरका होमस्टे खोल्ने होसानको निर्णय

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौ: कोभिड–१९को महामारीका कारण बन्द रहेका होमस्टेहरु सञ्चालनमा ल्याउने भएको छ । 

    होमस्टेहरु करिब नौ महिनादेखि बन्द रहेका कारण व्यवसायीहरु मारमा परेको भन्दै होमस्टे एशोसियसन नेपाल (होसान)ले देशभरका होमस्टेहरु सञ्चालनमा ल्याउने निर्णय गरेको हो। 

    शनिबार चितावनको खैरहनी १० कठारमा बसेको होमस्टे एशोसियसन नेपाल (होसान) केन्द्रीय समितिको बैठकले सरकारले तोकेको सुरक्षा मापदण्ड अनुसार देशभरका होमस्टेहरू सुचारू गर्ने निर्णय गरेको होसानका कोषाध्यक्ष सुरज बास्तोलाले बताउनुभयो ।

    यस्तै पछिल्लो समय कोभिड–१९को प्रभाव कम देखिएकाले पर्यटकहरुका लागि होमस्टे खुल्ला गरिएको उहॉले जानकारी दिनुभयो ।