नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    नेकपा स्थायी कमिटी बैठक स्थगित, अर्को बैठक पुस १ गते

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक शोक प्रस्ताव पारित गरेर सकिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठक नेता कमान सिं लामाको निधनमा शोक प्रस्ताव पारित गरेर स्थगित गरिएको हो । अर्को बैठक पुस १ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

    बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले लामाको निधनमा शोक प्रस्ताव गर्दै बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको जानकारी दिनुभयाे । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुनुहुन्थ्याे ।