थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा १५ सय जना संक्रमणमुक्त
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा १५ सय जना संक्रमणमुक्त

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    काठमाडौँ : नेपालमा थप ८ सय ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न जिल्लाका प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ८ सय ३० जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार जानकारी दिएको हो ।नयाँ थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४ सय २३ पुगेको छ ।

    मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टामा १५ सय जना डिस्चार्ज भएको जानकारी दिनुभयाे । यससँगै हालसम्म निको हुनेहरुको संख्या २ लाख ३५ हजार ७ सय ३१ पुगेको छ ।

    सक्रिय संक्रमित १० हजार ९ सय ९४ रहेका छन् । पीसीआर परीक्षण हालसम्म कुल १८ लाख ३१ हजार ४१ भएको छ । देशभर ५ सय १६ जना क्वारेन्टीनमा रहेका छन् ।

    पछिल्लो २४ घण्टामा ९ जना व्यक्तिको कोभिड १९ संक्रमणका कारण मृत्यु भएको छ । हालसम्म कोभिड संक्रमणका कारण मृत्यु हुनेहरुको संख्या १६ सय ९८ पुगेको छ ।