तनहुँ : तनहुँमा सोमबार ६ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी, भीमाद, व्यास र म्याग्देमा सङ्क्रमित थपिएका हुन् ।
शुक्लागण्डकी–९ मा ४० र शुक्लागण्डकी–६ मा ७४ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भीमाद–४ मा ६४, भीमाद–५ मा ४० वर्षीय पुरुष, म्याग्दे–४ मा ७३ वर्षीया महिला र व्यास–४ मा २९ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।