भीमादमा ६ सहित तनहुँमा थपिए ७ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भीमादमा ६ सहित तनहुँमा थपिए ७ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७७, बिहीबार

    तनहुँ : तनहुँमा बिहीबार ७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार भीमाद र भानु नगरपालिकामा ७ सङ्क्रमित थपिएका हुन् ।

    भीमादमा मात्रै ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भीमाद-३ का २५ वर्षीय पुरुष, भीमाद-५ का २९ वर्षीया महिला, ३३, ७० वर्षीय पुरुष, भीमाद-६ का ६०,४६ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ ।

    भानु-९ का ५१ वर्षीय पुरुषमा पनि सङ्क्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।