म्याग्दे गाउँपालिकाद्वारा ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाद्वारा ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    १ पुष २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले ट्राफिक प्रहरीलाई सङ्केत सामग्री हस्तान्तरण गरेको छ । राजमार्गमा सवारी व्यवस्थापन साथै दुर्घटना न्यूनीकरण गर्ने उदेश्य सहित गाउँपालिकाले ट्राफिकलाई बिहीबार सङ्केत सामग्री हस्तान्तरण गरेको हो ।

    गाउँपालिका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अरुण पौडेल, ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटलाई उक्त सामग्री हस्तान्तरण गर्नुभयो ।

    सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीसँग सहकार्य गर्न गाउँपालिका सदैव तयार रहेको अध्यक्ष रानाले बताउनुभयो । प्रहरी प्रमुख पौडेलले स्थानीय तहको तर्फबाट प्रहरीलाई हुने सहयोगले काम गर्ने हौसला मिल्ने बताउनुभयो ।

    गाउँपालिकाले ट्राफिकलाई विभिन्न सङ्केत अङ्कित ५० थान सामग्री सहयोग गरेको प्रशासन प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो ।