प्रधानमन्त्री क्रिकेट कप : तनहुँको टोलीलाई विदाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    प्रधानमन्त्री क्रिकेट कप : तनहुँको टोलीलाई विदाई

    खबरपुञ्ज संवाददाता

    २ पुष २०७७, शुक्रबार

    तनहुँ : प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पोखरामा हुने छनोट खेलका लागि तनहुँको टोलीलाई विदाई गरिएको छ । तनहुँ क्रिकेट सङ्घले शुक्रबार दमौलीमा कार्यक्रमको आयोजना गरी खेलाडीलाई विदाई गरिएको हो ।

    खेलाडीहरुलाई सङ्घका अध्यक्ष ताराराम श्रेष्ठ, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख शिवहरि पण्डित लगायतले खेलाडीलाई विदाई गर्नुभयो ।

    प्रदेशस्तरीय छनोट खेलमा तनहुँले शनिबार स्याङ्जा र आइतबार कास्कीसँग प्रतिस्पर्धा गर्नेछ ।

    ३८ खेलाडीमध्येबाट १४ जना प्रत्यक्ष र चार जना वैकल्पिक खेलाडी छनौट गरिएको छ । छनौट भएका खेलाडीमा राजु गुरुङ (कप्तान), चन्द्रकान्त पौडेल, सुगम श्रेष्ठ, समिर कंडेल, प्रवेश खड्का, दिपेशजङ बुढा मगर, दिपेश अधिकारी, सचिन अधिकारी, जेम्स केसी, रोहन खड्का, प्रशान्त पनेरु, करुन श्रीमल, विनय भण्डारी र सुशील गिरी छनौट हुनुभएको छ । त्यस्तै वैकल्पिक खेलाडीमा अनुप अधिकारी, सुशील श्रेष्ठ, विशाल न्यौपाने र नविन बराली छनौट भएको सङ्घले जनाएको छ ।