काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफू निकटका सांसदहरूसँग छलफल गर्दै हुनुहुन्छ ।
बिहान ९ बजे बालुवाटारमा छलफल तय गरिएको छ । संसद् विघटन भइसकेपछि छलफलका लागि प्रधानमन्त्रीले सांसदहरूलाई बोलाउनुभएको हो ।
छलफलमा विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूको उपस्थिति रहने बताइएकाे छ। यता दाहाल-नेपाल पक्षले पनि सांसद्हरूसँग छलफल गर्दैछ।