पार्टीभित्रै प्रतिपक्ष जन्मेपछि संसद विघटन गर्नुपर्‍यो : प्रधानमन्त्री ओली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    पार्टीभित्रै प्रतिपक्ष जन्मेपछि संसद विघटन गर्नुपर्‍यो : प्रधानमन्त्री ओली

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    काठमाडौं: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रै प्रतिपक्ष जन्मेपछि संसद विघटन गर्नुपरेको स्पष्ट पार्नुभएकाे छ । साेमबार बिहान बालुवाटारमा गरेको आफूपक्षीय भेलामा ब्रिफिङ गर्दै ओलीले आफ्नो कदमको बचाउ गर्नुभएकाे हाे ।

    उहाँले सरकारलाई असहयोग गरेको, हरेक नियुक्तिमा भागबण्डा खोजेको, पार्टीभित्र आफ्नो शक्तिआर्जनका लागिमात्र सक्रिय भएको जस्ता कारणले आफूले संसद  विघटन गर्नु परेको बताउनुभयाे ।