काङ्ग्रेसले जलायो प्रधानमन्त्रीको तस्वीर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    काङ्ग्रेसले जलायो प्रधानमन्त्रीको तस्वीर

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    तनहुँ : नेपाली काङ्ग्रेसका कार्यकर्ताले सोमबार दमौलीमा प्रधानमन्त्री केपी ओलीको तस्वीर आगजनी गरेको छ । संसद विघटनको विरोधमा काङ्ग्रेस कार्यकर्ताले दमौलीस्थित ट्राफिकचोकमा प्रधानमन्त्रीको तस्वीरमा आगजनी गरेको हो।

    सो क्रममा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्का नाराबाजी समेत गरिएको थियो ।