प्रभु बैङ्कद्वारा ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    प्रभु बैङ्कद्वारा ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    ५ पुष २०७७, सोमबार

    तनहुँ : तनहुँको दमौलीस्थित प्रभु बैङ्कले ट्राफिक प्रहरीलाई सङ्केत सामग्री हस्तान्तरण गरेको छ । दुर्घटना न्यूनीकरण गर्ने उद्देश्य सहित बैङ्कले प्रहरीलाई सोमबार सङ्केत सामग्री हस्तान्तरण गरेको हो ।

    उक्त सामग्री व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले ट्राफिक प्रहरी प्रमुख रेशम रानाभाटलाई हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रवक्ता एवं वडाध्यक्ष श्रेष्ठले दुर्घटना न्यूनीकरण र ट्राफिक नियम पालना गराउन बैङ्कले गरेको सहयोग सकारात्मक रहेको बताउनुभयो । ट्राफिक प्रमुख रानाभाटले निजी क्षेत्रबाट पनि प्रहरीलाई सहयोग प्राप्त हुँदा काम गर्ने हौसला मिलेको भन्दै सबैको सहयोगले ट्राफिक व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो ।

    बैङ्कले सामाजिक उत्तरदायित्व वहन अन्तर्गत ट्राफिकलाई दश थान सङ्केत सामग्री सहयोग गरेको बैङ्कका क्लष्टर हेड राजु रानाले जानकारी दिनुभयो ।

    बैङ्कले प्रदान गरेको सङ्केत सामग्रीमा नो हर्न, नो ओभरटेक र नो स्पीड उल्लेख गरिएको छ । उक्त सङ्केत सामग्री दमौलीस्थित राजमार्ग छेउमा राखिने प्रहरीले जनाएको छ ।