जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जबरजस्ती करणीका फरार प्रतिवादी पक्राउ

    खबरपुञ्ज संवाददाता

    १० पुष २०७७, शनिबार

    तनहुँ : जिल्ला प्रहरी कार्यालय तनहुँले जबरजस्ती करणी मुद्दाका सहित दुई फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँको फैसलाबाट सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जबरजस्ती करणी मुद्दामा शुक्लागण्डकी नगरपालिका–१ थप्रेक बस्ने ४९ वर्षीय सुकबहादुर दमाई पक्राउ परेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो । निजलाई अदालतले विसं २०७६ असार २३ गते पाँच वर्ष कैद तोकेको थियो ।

    साथै विसं २०७० चैत १८ गतेको अदालतको फैसला बमोजिम एक वर्ष कैद तोकिएका काठ ओसारपसार मुद्दाका प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ थप्रेकका ३० वर्षीय निरज सुनार रहेका छन् । दुवैलाई सम्बन्धित घरवतनबाटै पक्राउ गरिएको हो ।

    प्रहरीले पछिल्लो समय अदालतबाट सजाय तोकिएका फरार प्रतिवादीलाई पक्राउ गर्न अभियान नै चलाइरहेको छ ।