देवघाटको जङ्गलबाट समातिए फरार थुनुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    देवघाटको जङ्गलबाट समातिए फरार थुनुवा

    खबरपुञ्ज संवाददाता

    १२ पुष २०७७, आईतवार

    तनहुँ : कारागार कार्यालय चितवनबाट फरार भएका थुनुवा पक्राउ परेका छन् । कारागारबाट भागेका थुनुवा कालिका नगरपालिका–२ का ४५ वर्षीय रेशमलाल श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय चितवनको विशेष टोलीले तनहुँको देवघाट गाउँपालिका–५ कालिमाटी जङ्गलबाट पक्राउ गरेको हो ।

    कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाका अनुसार उनी यही मङ्सिर २० गते साँझ ५ः१५ बजे कारागार कार्यालयबाट भलिबल खेल्ने जालीको सहायताले पर्खाल नाघी भागेका थिए । जबर्जस्ती करणी उद्योग मुद्दामा पुर्पक्षका लागि गएको साउन २० गते उनलाई कारागार पठाइएको थियो । पक्राउ परेका श्रेष्ठको जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर पिसिआर परीक्षणका लागि स्वाब पठाइएको छ । थापाले आज रिपोर्ट नेगेटिभ आएमा श्रेष्ठलाई कारागार पठाइने जानकारी दिनुभयो ।