तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विेभाजनको असर तनहुँमा पनि देखिएको छ । सोही बमोजिम प्रचण्ड-नेपाल समूहले आइतबार दमौलीमा कार्यकर्ता भेला गरेका छन् ।
भेलामा उक्त प्रचण्ड-नेपाल समूहका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्रीय सदस्य एवं प्रदेश सांसद आशा कोइराला, केन्द्रीय सदस्य हरिबहादुर चुमान, विघटित प्रतिनिधि सभा सदस्य कलिला खान लगायत सहभागी छन् ।