क्रियाशिल महिला पत्रकारको अध्यक्षमा कंडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    क्रियाशिल महिला पत्रकारको अध्यक्षमा कंडेल

    खबरपुञ्ज संवाददाता

    ११ पुष २०७७, आईतवार

    तनहुँ : क्रियाशिल महिला पत्रकार तनहुँको अध्यक्षमा विमला कंडेल निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न आठौ साधारणसभा तथा चौथो अधिवेशनबाट कंडेलको अध्यक्षतामा नयॉ कार्यसमिति चयन भएको हो।

    अधिवेशनबाट उपाध्यक्षमा सृजना राना, सचिवमा मिला दरै, कोषाध्यक्षमा शिला वाग्ले, सहसचिवमा करिष्मा गुरुङ र सदस्यहरुमा प्रकृति न्यौपाने, अन्जु दाहाल, रन्जु सिग्देल, अप्सरा श्रेष्ठ, अस्मिता विक मुना कालिराज निर्वाचित हुनुभएको छ।

    नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिँँदै व्यास नगरपालिकाका उपप्रमुख मीरा जाेशीले पत्रकार महिलाहरूले आत्मविश्वासका साथ पेशालाई निरन्तरता दिनुपर्ने बताउनुभयाे । महिला, बालबालिका, अपाङ्गता जस्ता उत्पीडित वर्गका हक अधिकारकाे सही सम्बाेधन गरेकाे वर्तमान संविधानमाथि कुठाराघात भएकाे उल्लेख गर्दै जाेशीले पत्रकार महिलाहरूका कलम संविधानकाे रक्षाका लागि चल्नुपर्ने आवश्यकता औल्याउनुभयो ।

    क्रियाशिल महिला पत्रकारका केन्द्रीय सदस्य दुर्गा अधिकारीले पत्रकारितामा महिलाहरूकाे गुणात्मक सहभागिता वृद्धि गर्न क्षमतामुलक सीप विकास गर्नुपर्नेमा जाेड दिनुभयाे । प्रदेश अध्यक्ष सरिता तिमिल्सिनाले लैङ्गिक समानता र न्यायकाे पक्षमा पत्रकारिता गर्न आग्रह गर्नुभयाे । कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष ओमकार आचार्य, पूर्व अध्यक्ष प्रदीप काफ्ले, प्रदेश सदस्य गाेरा मियाँ, प्रेस सङ्गठनका संयाेजक नारायण खड्का, प्रेस युनियनका अध्यक्ष अमरराज नहर्की, सञ्चारिकाकी सचिव सम्झना रसाईली लगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।