कैलाली : सुदूरपश्चिम प्रदेश सरकारका एकजना मन्त्री पठानसिंह बोहरा पदमुक्त भएका छन् । उनलाई पदमुक्त गरेको मुख्यमन्त्री कार्यालयका सूचना अधिकारी जगदीश बताए ।
बोहरालाई मंगलबार बर्खास्त गरिएको हो । केपी शर्मा ओली निकट मानिने बोहोरा प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री रहेका थिए ।