तनहुँ : तमु ल्होसारका दिन गण्डकी प्रदेशमा सार्वजनिक बिदा हुने भएको छ । पुस १५ गते बुधबार तमु ल्होसार पर्वका अवसरमा बिदा दिने निर्णय गण्डकी प्रदेश सरकारले गरेको हो ।
प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरूमा बिदा दिने निर्णय गण्डकी सरकारले अघिल्लो बर्षनै गरेको हो । जनैपूर्णिमा, इद, तमु ल्होसार, माघेसंक्रान्ति र सनम ल्होसारमा बिदा दिने गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को २०७६ साल चैत्र २२ गतेको बैठकले निर्णय गरेको थियो । सोही निर्णयका आधारमा तमु ल्होसार पर्वका अवसरमा प्रदेशमा बिदा हुने छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बिदाको सूचना जारी गरेको छ । सो सूचना प्रदेशको राजपत्रमा प्रकाशित छ ।