आमा बलात्कार गर्ने छोरालाई जन्मकैद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आमा बलात्कार गर्ने छोरालाई जन्मकैद

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७७, मंगलवार

    तनहुँ : आमालाई जबरजस्ती करणी गरेको अभियोगमा छोरालाई तनहुँ जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । तनहुँको बन्दीपुर गाउँपालिकाका ३१ वर्षीय पुरुषलाई जिल्ला न्यायधीश बासुदेव पौडेलको इजलासले जन्मकैदको फैसला गरेको हो ।

    ती पुरुषलाई हाडनाता करणीमा जन्मकैद र जबरजस्ती करणीमा ९ वर्ष कैदको फैसला भएको जिल्ला श्रेस्तेदार मिनबहादुर कुंवरले जानकारी दिनुभयो ।

    अन्दाजी ४७ वर्षीया महिलालाई छोराले विगत केही वर्षदेखि जबरजस्ती करणी गर्दै आएका थिए । मादकपदार्थ सेवन गरी जबरजस्ती करणी गर्दै आएकामा सहन नसकेपछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।