तनहुँ : लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड दमौली शाखाले जीवन बीमा दावी बापतको रकम हस्तान्तरण गरेको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडास्थित स्व. सुरज लालचनको परिवारलाई कम्पनीले मङ्गलबार रकम भुक्तानी गरेको हो ।
मृतक लालचनले पाँच वर्ष अगाडी रु ५० लाखको जीवन बीमा गर्नुभएको थियो । कम्पनीले बोनस सहित रु ६९ लाख पाँच हजार रकम दावी भुक्तानी गरेको हो । उक्त रकम दमौली शाखाका प्रबन्धक सुदीप ज्ञवाली, सिनियर एजेन्सी म्यानेजर गोविन्द खड्का र नमराज क्षेत्रीले संयुक्त रुपमा स्व. लालचनकी धर्मपत्नी पम्फा राम्जाली लालचनलाई हस्तान्तरण गर्नुभएको छ । सुरजको गत असोज १३ गते हृदयघातबाट मृत्यु भएको थियो ।