कारागारमा पुस्तकालय स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    कारागारमा पुस्तकालय स्थापना

    खबरपुञ्ज संवाददाता

    १५ पुष २०७७, बिहीबार

    तनहुँ : कैदीबन्दीलाई समयको सदुपयोगसँगै चेतना वृद्धिमा सहयोग पुर्याउन टिम नेपोले कारागार तनहुँमा पुस्तकालय स्थापना गरेको छ । ज्ञान रचेतना अभिवृद्धि गराउन टिम नेपोले कारागारमा पुस्तकालय स्थापना गरेको हो ।

    पुस्तकालयसँगै संस्थाले एक हजार पाँच सय थान पुस्तक र दराज सहयोग गरेको छ । आज आयोजित कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले प्रमुख जिल्ला अधिकारी सागर आचार्य, निमित्त जेलर नारायण अधिकारीलाई पुस्तक हस्तान्तरण गर्नुभयो ।

    सो कार्यक्रममा नगरप्रमुख न्यौपानेले पुस्तकालय स्थापनासँगै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहॉले विभिन्न कारणले कारागार आइपुगेकाकैदीबन्दीलाई विभिन्न ज्ञानका कुरा सिक्न पुस्तकले सहयोग पुग्ने न्यौपानेले बताउनुभयो । “युवाको सक्रियतामा रचनात्मक कामको शुरुवात गरिएको छ,” उहाँले भन्नुभयो ।

    प्रमुख जिल्ला अधिकारी आचार्यले कारागारमा स्थापना गरिएको पुस्तकालयले कैदीबन्दीलाई सिर्जनशील बनाउन सहयोग पुग्ने बताउनुभयो ।

    टिम नेपोका केन्द्रीय अध्यक्ष निगम पौडेलले पुस्तक परियोजना अन्तरगत तेस्रो जिल्लाको रुपमा तनहुँ कारागारमा पुस्तकालय स्थापना गरिएको जानकारी दिनुभयो ।यस अगाडी अर्घाखा‘ची र स्याङ्जा कारागारमा पुस्तकालय स्थापना भइसकेको छ ।

    “पुस्तकले जीवन परिवर्तन गर्न सक्छ भन्ने उदेश्य सहित संस्थाले दुई वर्ष अगाडी परियोजना शुरुवात गरेको हो,” उहाँले भन्नुभयो, “शुरुमा सामुदायिक विद्यालयमापुस्तकालय स्थापना गरेपनि अहिले कारागारमा अभियान सञ्चालन गरेका छौ ।”

    टिम नेपो तनहुँका अध्यक्ष गोविन्द तिमिल्सनाले रु एक लाख भन्दा बढी मूल्यका विभिन्न पुस्तक कारागारलाई सहयोग गरिएको जानकारी दिनुभयो । कारागारमा हाल २ सय ६९ कैदीबन्दी छन् । निमित्त जेलर नारायण अधिकारीले कैदीबन्दीको रूची अनुसारको पुस्तक पठनपाठनको व्यवस्था मिलाइने जानकारीदिनुभयो ।