तनहुँ : युनियन लाइफ ईन्स्योरेन्स कम्पनी लिमिटेड दमौली शाखामा कार्यरत एजेन्सी म्यानेजरहरु शान्तराम न्यौपाने र श्रीप्रसाद श्रेष्ठ एमडिआरटि–२०२० हुन सफल हुनु भएको छ । कोभिड १९ को विषम परिस्थितिमा समेत जीवन बीमा व्यवसाय गरेर छोटो समयमा उहाँहरु एमडिआरटी हुन सफल हुनु भएको हो ।
कम्पनीको दमौली शाखाले एक कार्यक्रमको आयोजना गरी उहाँहरुलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । जीवन बीमा कम्पनीका विरलै अभिकर्ताहरु पुग्ने उक्त स्थानमा अथक प्रयास, मिहिनेत तथा सम्पूर्णको साथसहयोगले आफूहरु सफल भएको एजेन्सी उहाँहरुले बताउनुभयो ।
युनियन लाईफ इन्स्योरेन्स कंम्पनी गण्डकी प्रदेश कार्यालयका उपप्रमुख गणेश धमलाको सभापतित्व तथा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य प्रदीप घिमिरको प्रमुख आतिथ्यतामा शाखाले बधाई तथा सम्मान व्यक्त गरेको छ । सो अवसरमा घिमिरेले जीवन बीमाले बीमितलाई जोखिम बहन र भविष्यको बचत मात्र नभई राष्ट्रिय अर्थतन्त्रमा समेत टेवा पुग्ने बताउनुभयो ।
कम्पनीका गण्डकी प्रदेश उपप्रमुख धमलाले अभिकर्ताहरुको अथक सहयोग, छिटो छरितो सेवा प्रदान, समुदायलाई सुहाउँदो बीमा योजना, उत्कृष्ट व्यवस्थापकीय पक्ष लगायतका कारण आफूहरु स्थापनाकालको चौथो वर्षमा नै समुदायमा उत्कृष्ठ जीवन बीमा कम्पनीको रुपमा परिचित भएको बताउनुभयो ।
दमौली शाखा प्रमुख राजकुमार श्रेष्ठले अन्तराष्ट्रिय जगतमा अभिकर्ता पेशा सम्मानित पेशाको रुपमा हेरिएको र नेपालमा समेत त्यो चलन विस्तारै शुरुवात भएको बताउनुभयो ।
विश्वका जीवन बीमा प्रोफेशनलहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटीमा (ःष्ििष्यल म्यििबच च्यगलम त्बदभि –ःम्च्त्०का लागि क्वालिफाईड हुन अभिकर्ताहरुले अंग्रेजी वर्ष जनवरी १ देखि डिसेम्वर ३१ सम्ममा तोकिएको प्रथम बीमा शुल्क जम्मा गर्नुपर्ने प्रावधान रहेको हुन्छ । वर्ष २०२० का लागि उक्त संस्थाले अभिकर्ताहरुले व्यक्तिगत कोड मार्फत प्रथम बीमा शुल्क ३० लाख १२ हजार रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको थियो । न्यौपाने र श्रेष्ठले पनि उक्क्त बीमा शुल्क जम्मा गरी लक्ष्य प्राप्त गर्न सफल हुनु भएको युनियन लाईफ ईन्स्योरेन्स कंम्पनी दमौली शाखाले जनाएको छ ।
अमेरिकाको चिकागोमा मुख्यालय रहेको एमडिआरटीमा क्वालिफाईड भएपछि उसले(संस्था) अर्को वर्ष आयोजना गर्ने सम्मेलनमा भाग लिन पाउने व्यवस्था छ । नेतृत्व विकास र क्षमता अभिबृद्धिका लागि एमडिआरटी उत्कृष्ट अन्तर्राष्ट्रिय प्लेटफर्म पनि हो । एमडिआरटीमा ७० देशका ५०० भन्दा बढि कम्पनीहरु आबद्ध छन् । एमडिआरटी क्वालिफाईड न्यौपाने र श्रेष्ठ सन् २०२१ मा सिंगापुरमा हुने अभिकर्ताहरुको अन्तराष्ट्रिय सम्मेलनमा यस कंम्पनीको प्रतिनीधीको रुपमा सहभागि हुने पाउनेछ छन् ।