चौरासीमा पुजापाठको सट्टा दुई लाख बढीको अक्षयकोष स्थापना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    चौरासीमा पुजापाठको सट्टा दुई लाख बढीको अक्षयकोष स्थापना

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बुधबार

    हिन्दु परम्परामा उमेरले ८४ बसन्त छोएपछि चौरासी पुजा गर्ने प्रचलन छ । मृत्युपछि स्वर्गबास हुने जनविश्वासले चौरासीको पुजा लगाईन्छ । प्राय सन्तानले आफ्ना आमा बुवाको चौरासीमा पुजापाठ गर्ने, पुरेहितलाई दानदक्षिणा दिने, भजनकिर्तन र इष्टमित्रलाई बोलाएर प्रसाद भोजन गराएको पाईन्छ ।


    जिल्लाको भिमाद नगरपालिका–८ भागरका रनबल थापा र रुमा थापाको चौरासीमा मंगलबार अलिक फरक दृश्य देखियो । पुजापाठ, भोजभतेर, आफन्तजनको भिडभाडको केही थिएन् । रनबल र रुमाका एक्ला सन्तान मोहनले चौरासीको पुजाको सट्टा गाउँको विद्यालयमा अक्षय कोष खडा गरिदिनुभयो । बाल ज्योति आधारभुत विद्यालयमा २ लाख २२ हजार २२ रुपैयाँ २२ पैसाको अक्षयकोष खडा गर्नुभएको हो ।

    आमा बुवाको ईच्छा अनुसार अक्षयकोष स्थापना गरेको छोरा मोहनले बताउनुभयो । अक्षयकोषमा राखेको रकमको ब्याजबाट विपन्न र जेहेन्दार विद्यार्थीलाई बर्षेनी छात्रावृत्ति वितरण गर्ने उहाँको भनाई छ । ‘यसअघि थुप्रै पटक पुजापाठ गरेर दानदक्षिणा गरिसक्यौँ । चौरासीमा अलिक फरक तरिकाले दान गर्नुपर्छ भनेर विद्यालयलाई सघाएको हो’, उहाँले भन्नुभयाो । अक्षयकोषले विपन्न परिवारको विद्यार्थीको पढाईमा सहजता ल्याउने उहाँले बताउनुभयो ।

    यस्तै, गाउँमा भागर युवा क्लबले निर्माण गरिरहेको जेष्ठ नागरिक मिलन केन्द्रलाई पनि २५ हजार ५ सय ५५ रुपैयाँ ५५ पैसा सघाउनुभएको छ । गाउँका बृद्धबृद्धा जमघट भएर सुखदुख साट्ने थलो बनाउन क्लबले लकडाउनको बेलामा ज्येष्ठ नागकिर मिलन केन्द्र निर्माण थालेको थियो । रकम अभावका कारण अधुरै छ । अधुरो भवनको निर्माण पुरा गर्न उक्त रकम उपयोग गर्ने ज्येष्ठ नागरिक मिलन केन्द्र निर्माण उपभोक्ता समितिका उपाध्यक्ष शिव आले मगर बताउनुभयो।

    उहाँले अबको पुस्ताले मोहनबहादुरबाट सिको गर्नुपर्ने बताउनभुयो । ‘पुजापाठमा हुने फजुल खर्च रोक्नलाई पाठ सिकाएको छ । दानदक्षिण गर्दैमा मात्र धर्म पाउने होईन् । त्यही खर्च रचनात्मक तरिकाले परोपकारी काममा गर्न सके कसैको जिवनलाई सुन्दर बनाउन महत्वपुर्ण भुमिका खेल्नेछ’, उहाँले भन्नुभयो । थापा परिवारले यसआगडी पनि विभिन्न सामाजिक काममा सहयोग गर्दै आईरहेको उहाँले जानकारी दिनुभयो । तस्बिर सौजन्य : शिव आले मगर