व्यास नगरपालिका आफैले घाट चलाउने, मानुङकाे जग्गा विक्री खुल्ला !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिका आफैले घाट चलाउने, मानुङकाे जग्गा विक्री खुल्ला !

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    तनहुँ : हालसम्म ठेक्का मार्फत् सञ्चालन हुँदै आएको मादी नदी घाट अब नगरपालिका आफैले सञ्चालन गर्ने भएको छ । व्यास नगरपालिका–४, ५, ६, ७, १० अन्तर्गत पर्ने मादी नदीबाट ढुङ्गा, गिटी, बालुवा सङ्कलनका लागि नगरपालिका आफैले घाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

          नदीजन्य पदार्थ विक्री गर्न दुई पटकसम्म ३०÷३० दिने सार्वजनिक सूचना प्रकाशित गरिएकामा टेण्डर लाग्न नसकेको भन्दै नगरपालिकाले आर्थिक ऐन २०७७ अनुसार एक हप्ताभित्र घाट सञ्चालन गर्ने निर्णय गरेको हो ।

    मानुङको जग्गा विक्री खुल्ला

    नगरकार्यपालिकाको बैठकले मानुङमा रोक्का गरिएको जग्गा विक्री खुल्ला गर्ने निर्णय गरको छ । गुरुयोजना निर्माण गर्ने उद्देश्य सहित कात्तिक २३ गतेको बैठकले पुस मसान्तसम्म जग्गा विक्री वितरण बन्द गर्ने निर्णय भएको थियो । बैठकले न्यूनतम चार आना भन्दा कम नहुने गरी माघ १ गतेदेखि जग्गा विक्री खुल्ला गर्ने निर्णय भएको नगरपालिकाका सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिनुभयो ।

    नगरपालिकाको ३४ औं नगरसभा आगामी माघ २७ गते हुने भएको छ । आर्थिक वर्ष ०७७÷७८ को अर्धवार्षिक प्रगति समिक्षा, आर्थिक ऐन, विनियोजन ऐनमा संशोधन लगायतका आवश्यक ऐनहरु पारित गर्नका लागि नगरसभा आह्वान गरिएको हो । नगरपालिका एवं वडा कार्यालयबाट सम्पादित जनमुखी सेवालाई जवाफदेहीता गहन गर्न एवं पारदर्शी बनाउने उद्देश्यले पुस २८ गते व्यास नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम गर्ने निर्णय भएको छ ।

          बैठकले विभिन्न वडाबाट न्यायि समितिमा दिने उजुरी, म्याद तामेली, प्रतिउत्तर दर्ता प्रकृया वडा मार्फत् गराई न्यायिक समितिको निर्णयअनुसार सम्बन्धित वडामा मेलमिलाप कार्यलाई व्यवस्थित गर्न न्यायिक समितिलाई जिम्मेवारी तोकेको छ ।