नेकपाले जिल्लास्तरीय भेला गर्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नेकपाले जिल्लास्तरीय भेला गर्ने

    खबरपुञ्ज संवाददाता

    २२ पुष २०७७, बिहीबार

    तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको असर तनहुँका सबै स्थानीय तहमा परेको छ । अध्यक्ष केपी शर्मा ओली र प्रचण्ड-नेपाल समूहले जिल्लाका विभिन्न स्थानीय तहमा भेला आयोजना गर्न थालेका छन् ।

    दुवै समूहले व्यास, शुक्लागण्डकी, बन्दीपुर, देवघाट, भीमाद लगायतका ठाउँमा भेला सम्पन्न गरिसकेका छन् । नेकपा विभाजनको असर स्थानीय तह हुँदै वडासम्म पुगिसकेको छ ।

    यसैक्रममा नेकपाले पुस २७ गते जिल्लास्तरीय कार्यकर्ता भेला आयोजना गरेको छ । भेलामा उर्जामन्त्री एवं स्थायी समिति सदस्य टोपबहादुर रायमाझी, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ लगायतको नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।