तनहुँ : रोटर्याक्ट क्लब अफ दमौलीको आयोजनामा प्राथमिक स्वास्थ उपचार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ । क्लवका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले घाइते वा बिरामीलाई सम्बन्धित उपचार केन्द्रमा पुर्याउन अघि बिरामीको थप स्वास्थ बिग्रन नदिन गरिने प्राथमिक स्वास्थ्य उपचारले नै बिरामीको जीवन जोगाउने बताउनु भयो ।
साथै यस्ता खालका कार्यक्रमहरु विद्यालयमा मात्रै नभै समुदाय र टोलटोलमा गरिनुपर्नेमा श्रेष्ठले जोड दिनुभयो । कार्यक्रममा नेपाल रेड्क्रस सोसाइटी गण्डकी प्रदेशका सयोजक तथा प्रशिक्षक कृष्णचन्द्र पाण्डे , रोटरी क्ल्ब अफ दमौलीका अध्यक्ष दामोदर भन्डारी ,
रोट्रर्याक्ट क्लब अफ दमौलीका निवर्तमान अध्यक्ष मनोज राउत , उपाध्यक्ष सुष्मा श्रेष्ठ ,कार्यक्रम संयोजक श्रीराम गन्दर्व , सहभागी विद्यालयका तर्फबाट सत्यवती माविका प्रमोद पौडेल लगायतकाले बोल्नु भएको थियो । सो प्रशिक्षण कार्यक्रममा व्यास नगरपालिकाभित्रका सात सामुदायिक विद्यालयका ६० जना सहभागी थिए।