४५ छाडा कुकुरको बन्ध्याकरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ४५ छाडा कुकुरको बन्ध्याकरण

    खबरपुञ्ज संवाददाता

    २५ पुष २०७७, शनिबार

    दुलेगाैडा : बेबारिसे कुुकुरको संख्यामा वृद्धि भएपछि बजार क्षेत्रमा होहल्ला हुने र टोकाईबाट रेबिज रोगको संक्रमण हुने जोखिम धेरैतिर छ । शुक्लागण्डकी नगरपालिकामा पनि यो समस्या बढ्न थालेपछि नियन्त्रणका लागि कुकुरको बन्ध्याकरण गरिएको छ ।

    भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँ र शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाको आयोजनामा शुक्रबार र शनिबार दुई दिन छाडा/सामुदायिक कुकुरलाई रेबिज बिरुद्धको खोप लगाइ बन्ध्याकरण गरिएको हो । नगरक्षेत्रभित्रको विभिन्न स्थानमा रहेका कुकुरलाई समात्दै शिविरमा ल्याएर बन्ध्याकरण गरिएको थियो ।

    ४५ कुकुरलाई रेबिज विरुद्धको खोप लगाइ बन्ध्याकरण गरेको शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाका कर्मचारी ईश्वर रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार १३ वटा पोथी कुकुरको मिनिल्याप र ३२ वटा भाले कुुकुरको भ्यासेक्टोमी गरिएको हो ।

    पञ्चमुनी देव मावि दुलेगौँडामा शिविर सञ्चालन भएको थियो । छाडा कुकुर र रेबिज नियन्त्रणको उपाय बन्ध्याकरण भएको भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँका प्रमुख डा. बालकुमार श्रेष्ठले बताउनुभयो । “बन्ध्याकरण गरेपछि सन्तान उत्पादन हुँदैन र नियन्त्रण गर्न सकिन्छ । छाडा कुकुर कम भएपछि रेबिज संक्रमण फैलन रोक्छ,” उहाँले भन्नुभयो । शिविरमा ल्याएको कुकुरलाई जुकाको औषधी पनि दिएको डा.श्रेष्ठले बताउनुभयो ।