एजेन्सी : लियोनल मेस्सी र एन्टोइन ग्रिजम्यान चम्किदा बार्सिलोनाले ग्रानडामाथि सहज जित निकालेको छ । शनिबार राति सम्पन्न भएको खेलमा बार्सिलोनाले ग्रानडालाई ४-० अन्तरल पराजित गरेको हो ।
खेलमा मेस्सी र ग्रिजम्यानले २/२ गोल गरेका छन् । मेस्सीले ३५,४२ र ग्रिजम्यानले १२ र ६३ मिनेटमा गोल गरेका थिए । मेस्सीले दोस्रो गोल फ्रि किक मार्फत् गरेका हुन् ।
जितसँगै बार्सिलोना ३४ अङ्कका साथ तेस्रो स्थानमा छ ।