देवघाट गाउँपालिकाले ल्याण्डफिल्ड साइट बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट गाउँपालिकाले ल्याण्डफिल्ड साइट बनाउने

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०७७, सोमबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिकाले ल्याण्डफिल्ड साइट निर्माण गर्ने तयारी गरेको छ । आइतबार सम्पन्न गाउँपालिकाको सातौ गाउँसभाले फोहरमैला व्यवस्थापनका लागि ल्याण्डफिल्ड साइट निर्माण गर्ने निर्णय गरेको हो ।

    देवघाट गाउँपालिका–५ स्थित चक्रवर्ती सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माणको तयारी थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार ल्याण्डफिल्ड साइट निर्माणका लागि चालु आर्थिक वर्षमा रु दश लाख बजेट विनियोजन गरिएको छ ।

    “गाउँपालिकामा उत्पादन हुने फोहरमैला व्यवस्थित गर्नका लागि ल्याण्डफिल्ड साइटको आवश्यकता महशुस भएको छ,” उहाँले भन्नुभयो, “तत्कालै निर्माण शुरु गर्ने तयारी गरेका छौ ।” खोल्साको भागमा ग्याविन सहितको तटबन्धन गरेर ल्याण्डफिल्ड साइट निर्माण गर्न लागिएको हो । देवघाट गाउँपालिकामा दैनिक एक ट्याक्टर फोहर सङ्कलन हुने गरेको छ ।

    बजेट तथा कार्यक्रम संशोधन

    गाउँसभाले चालु आर्थिक वर्षमा खर्च हुन नसक्ने बजेटलाई संशोशन गरेर अन्य कार्यक्रममा सार्न प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षमा २७ वटा स्वीकृत कार्यक्रमको रु ९१ लाख बजेट खर्च हुन नसक्ने अवस्था रहेको गाउँपालिकाका उपाध्यक्ष विमला थापाले जानकारी दिनुभयो । खर्च हुन नसकेको उक्त बजेट २५ वटा योजनामा थप गर्ने गरी प्रस्ताव गरिएको छ । 

    गाउँसभाले नगरप्रहरीलाई रासन भत्ता रु पाँच सय थप गरी रु चार हजार पु¥याउने, गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । चालु आर्थिक वर्षमा एक सय ४७ योजना स्वीकृत भएकामा एक सय १० योजना सम्झौता भई कार्यान्वयनको चरणमा रहेको छ ।